रविविरुद्ध मुद्दै मुद्दा
काठमाडौं, ३ माघ । रवि लामिछानेको नाममा सँसारमा सबैभन्दा लामो समय टेलिभिजन टल्क शो चलाएको किर्तिमान थियो । २०७० सालमा उनले बनाएको ६२ घन्टाको किर्तिमान रोमानियाका अकेक्जेन्डर राडाकानुले ७२ घन्टा शो चलाएर तोडिसकेका छन् । उपप्रधानमन्त्री भइसकेका लामिछानेको नाममा नयाँ किर्तिमान बन्दैछ अदालतमा बढी मुद्दाको ।
रविविरुद्ध सहकारी ठगी प्रकरणमा एकपछि अर्को मुद्दा दायर भइरहेको छ । पोखरामा सुर्यदर्शन सहकारी ठगीविरुद्ध मुद्दा दायर भएर काठमाडौं आएका उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भइसकेको छ ।
पोखरामा तीन महिना हिसारतमा बसेका उनी काठमाडौंमा आएर पनि न्यायिक हिरासतमा बसे । अब उनीविरुद्ध रुपन्देहीमा मुद्दा दायर हुने तय भइसकेको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा रविविरुद्ध शुक्रबार मुद्दा दायर हुने भएको छ । त्यहाँ लामिछानेसँग ४ करोड १५ लाख रुपैयाँ बिगो माग गरी मुद्दा दायर हुने भएको हो ।
लामिछानेमाथि ठगी, संगठित अपराधलगायतमा मुद्दा दायर भइरहेको छ । उनीविरुद्ध किर्तमा पनि अनुसन्धान चलिरहेको छ ।