सैफ अलि खानमाथि आक्रमण, अवस्था गम्भीर
एजेन्सी, ३ माघ । बलिउड नायक सैफ अली खानमाथि आक्रमण भएको छ । उनीमाथि बिहिबार विहान मुम्बईस्थित घरमा धारिलो हतियारले आक्रमण भएको हो ।
आक्रमणपछि खानलाई अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई लिलावती अस्पतालमा अपरेशन कक्षमा राखिएको छ । खानको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बान्द्रास्थित भवनको ११ औं तल्लामा खान परिवारसहित सुतिरहँदा अज्ञात व्यक्ति पसेको र प्रतिकार गर्दा घाइते भएको बुझिएको छ । खानमाथि धारिलो हतियारले ६ ठाउँमा प्रहार भएको र एउटा टाउको नजिक रहेको जनाइएको छ ।