२ माघ २०८१, बुधबार | January 15, 2025

दलित संघ सुदुरपश्चिमको अध्यक्षमा कैलालीका ताम्राकार मनोनित


January 15, 2025
21.2k
Shares

काठमाडौं,२ पुस । नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोक बहादुर बिश्वकर्माले संघको सुदुरपश्चिम प्रदेशको अध्यक्षमा कैलालीका रमेश ताम्राकारलाई मनोनित गरेका छन् ।

कैलाली क्षेत्र न.४ को कांग्रेस पुर्व क्षेत्रिय कोषाध्यक्ष ताम्राकारलाई नेपाल दलित संघको विधान अनुसार अध्यक्ष विश्वकर्माले सो प्रदेशको अध्यक्षमा मनोनित गरेका हुन् ।

संघको विधानको अधिनमा रही उक्त प्रदेशमा संघको संगठन विस्तार तथा दलित समुदायको हक अधिकार र उक्त समुदायको सर्वाङ्गिण विकासका लागि ताम्राकारको महत्वपुर्ण योगदान पुग्ने पनि अध्यक्ष विश्वकर्माले विश्वास व्यक्त गरेका छन् ।

कैलाली दलित संघका नेता समेत रहेका ताम्राकारले कांग्रेसमा आबद्ध भएर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी नेपाल दलित संघको पूर्व केन्द्रीय सदस्य हुन् भने उनले संघकै पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर पनि जिम्मेवारी बहन गरेका छन् । उनी नेपाली कांग्रेसका महासमिति सदस्य पनि हुन् । ताम्राकारको कांग्रेस राजनीतिमा ठुलो योगदान छ ।

प्रतिक्रिया