२ माघ २०८१, बुधबार | January 15, 2025

आरजु बीआरआइ सम्झौताको बचाऊमा मरिहत्ते किन


January 14, 2025
249
Shares

काठमाडौं, १ माघ । परराष्ट्रमन्त्री आरजु राणा चीनसँगको बीआरआई सम्झौताको बचाऊमा मरिहत्ते गरी सक्रिय छिन् । उनले सम्झौता हुनुअघि ऋण नभई अनुदान भनिन् । सम्झौतापछि अनुदान भन्न सकेकी छैनन् तर ऋण उल्लेख नभएको बताएकी छिन् ।

चीनसँगको बीआरआई सम्झौतामा आरजुकै मुख्य भूमिका रहेको खुलिसकेको छ । उनी यसकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि बेइजिङ पुगिन् र फर्किएर भ्रमण दलमै सामेल भइन् ।

आरजुले संसदीय समितिमा पनि बीआरआई ऋण उल्लेख नभएको दोहोराइन् । बीआरआईमा अनुदान भनी उल्लेख नभएपनि आरजु ऋण नभएको दाबी गरिरहेकी छिन् । तर, परियोजना अन्तर्गतको दाबी गरिएको पोखरा विमानस्थल निर्माणमा सरकारले ऋण लिइसकेको छ । चिनियाँ राजदूतले उक्त परियोजना बीआरआई अन्तर्गत भनेका थिए ।

आरजुले भारतमा स्वास्थ्योपचारका लागि भन्दै पुगेर एउटा अन्र्तक्रियामा बीआरआई ऋण नभएको दाबी गरेकी थिइन् । उनले बीआरआई सम्झौता नगरेको भए सरकार ढल्नेथियो भनी दाबी गरिन् । बीआरआईलाई वाध्यात्मक देखाउन खोजिन् भारत पुगेर । तर, उनलाई कुनैपनि भारतीय अधिकारीले भेट दिएनन् । आरजुलाई नराम्रो धक्का लाग्यो उक्त घटनाले । अहिले उनी बीआरआईको बचाऊमा लागिपरेकी छिन् ।

प्रतिक्रिया