ट्रम्प र पुटिनबीच भेटले युक्रेन युद्ध अन्त गर्ला
काठमाडौं, २६ पौष । अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ । ट्रम्पले भेट हुने तय भएको खुलासा गरेका छन् । भेट कहाँ र कहिले हुने स्पष्ट नपारेपनि आफूहरुको भेट हुनलागेको बताएका हुन् ।
रुसले युक्रेनमाथि हमला गरेपछि अमेरिकी उच्च अधिकारीले पहिलोपटक पुटिनसँग भेटवार्ता गर्न लागेको घटनालाई चासोका साथ हेरिएको छ । यो भेटले युक्रेन युद्ध अन्त हुने अपेक्षा गरिएको छ ।
ट्रम्पले युक्रेन र यूरोपप्रति कडा नीति लिने सन्देश दिइरहेका छन् । उनी रुस र भारतसँग मिलेर अगाडि बढ्ने रणनीतिमा छन् । चीनविरुद्ध कडा देखिएका छन् ।
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि रुस र भारतप्रति कडा नीति लिने अमेरिकानिकट देशहरुमा सरकार परिवर्तन हुन थालेका छन् । क्यानडामा प्रधानमन्त्री ट्रडिउले राजीनामा दिइसकेका छन् । जर्मनीमा पनि सरकार संकटमा परेको छ ।