३१ श्रावण २०८३, आइतबार | August 16, 2026

यशोधरा मण्डललाई राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति


January 7, 2025
1.3k
Shares

सप्तरी, २३ पौष । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले परिषद्का कार्यकर्ता स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति श्री वुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालयकी उत्कृष्ट विद्यार्थी यशोधरा मण्डललाई प्रदान गरेको छ ।

विद्यार्थी परिषद् नेपालका पूर्व राष्ट्रिय सचिव तथा प्रदेश संगठन सचिव स्व। राधेश्याम सेञ्चुरीको स्मृतिमा उनी कक्षा ११ मा अध्ययनरत गरेको सप्तरीको बडहरीमा रहेको श्री वुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालयको उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष स्व। राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति प्रदान निर्णय अनुसार उक्त छात्रवृत्ति प्रदान गरिएको विद्यार्थी परिषद्ले जनाएको छ ।

उक्त छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालयका प्राचार्य तुलसी दास चौधरी, परिषद्का शुभचिन्तक सुशीलचन्द्र अधिकारी, पूर्व शिक्षक भोगेन्द्र झा, विद्यालयका शिक्षक लोकेन्द्र झा, प्राज्ञिक विद्यार्थी परिषद् जानकी ९ मधेस ० प्रदेश सचिव अरूण प्रासाद कुशवाहा, प्रदेश वयवस्था प्रमुख शशिशेखर यादव, क्याम्पस प्रमुख महेश चौधरी लगायत विद्यालयका शिक्षक एवम् विद्यार्थीहरूको उल्लेख उपस्थितिमा कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा यशोधरा मण्डललाई उक्त छात्रवृत्ति रकम प्रदान गरिएको थियोे ।

प्रतिक्रिया