११ पुस २०८१, बिहिबार | December 26, 2024

मीनबहादुरबाट दान लिएकोमा ओलीको विरोध गर्दा रावल एमालेबाट निष्काशित


December 25, 2024
1.2k
Shares

काठमाडौं, १० पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोधीप्रति कठोर बन्दै गएका छन् । उनले आफ्नो कार्यशैलीको विरोध गर्ने भीम रावललाई एमालेबाट नै निष्काशित गरेका छन् ।

व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाइदिने गरी शिलान्यास नै भएपछि रावलले विरोध गरेका थिए । उक्त विरोधपछि एमालेको बैठकले रावललाई स्पष्टिकरण सोधेको थियो । त्यसपछि बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीको सदस्य नै खारेज गरेको छ ।

रावले गत महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षका उम्मेदवार थिए । उनी विगतमा माधव नेपाल पक्षधर भएपनि एमाले छाड्न तयार भएनन् । २०७९ को चुनावमा टिकट पनि पाएनन् ।

ओलीले मीनबहादुरसँग जग्गा दान लिएकोमा विरोध गर्ने वृन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई पनि केन्द्रीय सदस्यको जिम्मेवारीबाट मुक्त गरिएको छ । एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया