१० पुस २०८१, बुधबार | December 25, 2024

वाइडबडी विमान खरिदमा ३५ करोड घूस लिने को को ?


December 24, 2024
830
Shares

काठमाडौं, ९ पौष । नेपाल वायु सेवा निगमले एयरबससँग दुई वटा वाइडबडी विमान खरिद गर्दा ३५ करोड घूस लिएको पुष्टि भएको छ । आपूर्तिकर्ता कम्पनी एएआरले घूस दिएको स्वीकार गरी अमेरिकी अदालतमार्फत् त्यहाँको सरकारलाई साँढे पाँच करोड डलर अर्थात् ६ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम जरिवाना समेत तिरेको छ ।

एएआरले २५ लाख डलर अर्थात् ३५ करोड नेपाली रुपैयाँ क कस्लाई दियो भन्ने चासोको विषय बनेको छ । विमान खरिद गर्दा निगमको प्रमुख थिए सुगतरत्न कंसाकार । उनीविरुद्ध विशेष अदालतले दोषी ठहरको फैसला सुनाइसकेको छ । तर, अन्यलाई भने सफाई दिएको छ ।

कंसाकार र केही कर्मचारीले मात्र ३५ करोड घूस लिए भन्ने पत्याउन सकिदैन । १० वर्षअघिको यो खरिदसँग जोडिएका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरुमा रवीन्द्र अधिकारी, जीवनबहादुर शाहीलगायत थिए । निगमले विमान खरिद प्रक्रिया बढाउँदा देशमा गणतन्त्र आइसकेको थियो । शक्तिमा शेरबहादुर देउवा, प्रचण्ड, केपी शर्मा ओली, माधवकुमार नेपाललगायत नै थिए । उनीहरुको साथ विना वाइडबडी खरिद प्रक्रिया अगाडि बढेको मान्न सकिदैन ।

प्रतिक्रिया