१० पुस २०८१, बुधबार | December 25, 2024

छायाँ सेन्टर भत्काउने आदेश आउने बुझेपछि भीएफएस ग्लोबल सर्दै


December 24, 2024
10k
Shares

काठमाडौं, ९ पौष । ऐतिहासिक धार्मिक महत्वको कमलपोखरी समाप्त गरी ठड्याइएको छायाँ सेन्टरबारे सर्वोच्च अदालतको पूर्ण इजलासले चाँडै फैसला सुनाउने भएको छ । लामो सुनुवाईपछि प्रमाणहरुका आधारमा पूर्ण इजलासले ऐतिहासिक फैसला सुनाउने भएको हो ।

छायाँ सेन्टर भत्काउने आदेश आउने बुझेपछि छायाँ सेन्टरमा लगानी गर्ने पृथ्वीबहादुर पाण्डेलगायत देशका कुलीनहरुको दौडधूप बढेको छ । तर, प्रमाणहरु सबै छायाँ सेन्टर बनेको जग्गा गुठीको रहेको र त्यहाँ कमलपोखरी थियो भन्ने आएको छ । यसकारण पनि यो मुद्दामा कहींकतैबाट चलखेल हुन नसक्ने प्रष्ट छ ।

छायाँ सेन्टर भत्काउने आदेश आउने बुझेपछि विश्वव्यापी भीसासम्बन्धी सहजकर्ता भीएफएस ग्लोबल पनि सर्ने भएको छ । छायाँ सेन्टरमा भीएफएसको संलग्नताविरुद्ध स्विट्जरल्यान्ड सरकारसँग उजूरी परेपछि जवाफमा ९ डिसेम्बरमा छायाँ सेन्टरमा रहेको आफ्नो कार्यालयको भाडा करार सम्झौता नवीकरण नगर्ने र यथाशक्य छिट्टै कार्यालय स्थानान्तरण गर्ने उल्लेख गरिएको छ (हेर्नुहोस् रिपोर्ट)।

छायाँ सेन्टरको विषय संयुक्त राष्ट्रसंघमा यसअघि नै पुगेको थियो । राष्ट्रसंघले छायाँ सेन्टरको विषय अदालतमा विचाराधीन रहेकोले गम्भीर ध्यानाकर्षण जनाएको थियो । यसकारण त्यहाँ रहेको पाँचतारे एडल्फट होटलमा पनि अन्तर्राष्ट्रिय गैरसरकारीका कार्यक्रम हुन थालेको छ ।

प्रतिक्रिया