८ पुस २०८१, सोमबार | December 23, 2024

ओली सरकार धरापमा


December 22, 2024
4.6k
Shares

काठमाडौं, ७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आइपिएलको फाइनल टेलिभिजनमा हेरे । उनले आपिएलको उपाधि जनकपुरले जितेको दृश्य मात्र हेरेनन् पुरस्कार वितरणमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख अतिथिका रुपमा पुगेको पनि देखे । देउवा र प्रचण्डको क्रिकेट प्रतियोगिताको महत्वपूर्ण फाइनलमा एकसाथ सहभागिता आफैमा सन्देश हो ।

देउवा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेर सरकारमा काँग्रेसलाई अड्डाइराखेका छन् । उनकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री छिन् । तर, आरजुको भूमिकाप्रति देशभित्र र बाहिर प्रश्न उठिरहेको छ । दिल्लीमा विना बोलाइएको पाहुना हुँदा आरजुले खास राजनीतिक भेट गर्न पाइनन् । यो दिल्लीको कडा सन्देश पनि हो ।

काठमाडौंमा ओलीको भारत भ्रमण हुने चर्चा चलिरहँदा परराष्ट्रमन्त्री राणालाई त्यहाँको विदेश मन्त्रालयका अधिकारीले भेट्न मानेनन् । यसले सरकारको भविष्यमाथि विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
एकातर्फ, ओली आफ्नो बाँकी कार्यकालबारे दोहोराइरहेका छन् । अर्कोतर्फ, काँग्रेसभित्र देउवामाथि दबाब बढिरहेको छ । ओली सरकारको विरोधमा काँग्रेसभित्र मोर्चाबन्दी बलियो हुँदै गएको छ ।

आरजुलाई देउवाले भावी प्रधानमन्त्रीमा अगाडि बढाउन लागेको विषयले काँग्रेसमा लामो संघर्ष गरेकाहरु सतर्क भएका छन् । यसले पनि सरकार धरापमा पर्दै गएको छ अहिले ।

प्रतिक्रिया