८ पुस २०८१, सोमबार | December 23, 2024

रविविरुद्ध मुद्दा दायर, अब के होला


December 22, 2024
913
Shares

काठमाडौं, ७ पौष । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि रवि लामिछाने सांसद पदबाट स्वतः निलम्बित भएका छन् । उनीविरुद्ध २७ करोडभन्दा बढी बिगो दाबी र जेल सजायको मागसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

तीन महिना अघि पक्राउ परेका लामिछानेको राजनीतिक भविष्यमाथि समेत प्रश्न उठेको छ । उनीविरुद्ध थुनछेकको बहस पनि बढेको छ । पुर्पक्षका लागि थुनामा राख्ने वा नराख्ने टुंगो अदालतले लगाउनेछ ।

लामिछानेविरुद्ध मुद्दा दायर भएपछि रास्वपाको नेतृत्व कस्ले लिने भन्ने चासो पनि चलेको छ । उनीमात्र नभई पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ । रविको सम्बन्ध विभिन्न सहकारी र नेटवर्क व्यवसायसँग पनि जोडिएको छ ।

उपप्रधान तथा गृहमन्त्री भइसकेका रवि राजनीतिमा चाँडै उदाएका पात्र हुन् । तर, उनलाई त्यो उचाईमा अड्न निकै कठिन देखिएको छ । रास्वपाको भविष्य के हुन्छ भन्ने चासो समेत चलेको छ अहिले ।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि मात्र नभई पूर्वडिआइजी छविलाल जोशी, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनविरुद्ध पनि मुद्दा दायर भएको छ ।-File Photo

प्रतिक्रिया