५ पुस २०८१, शुक्रबार | December 20, 2024

जेलेन्स्की युक्रेन छाडी भाग्ने पुटिनको ठोकुवा


December 20, 2024
332
Shares

एजेन्सी, ५ पौष । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की चाँडै देश छाडी भाग्ने ठोकुवा गरेका छन् । उनले बिहिबार वर्षको अन्तिम पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।

पुटिनले जेलेन्स्कीलाई अवैध भन्दै उनीसँग वार्ता नहुने स्पष्ट पारे । जेलेन्स्कीको कार्यकाल सकिइसकेको र जनताबाट चुनिएर आउनेसँग मात्र कुराकानी गर्ने बताए । जेलेन्स्कीलाई पश्चिमा देशले युक्रेनबाट लगी शरण दिने भविष्यवाणी पनि गरे ।

युक्रेनमाथि सन् २०२२ अगावै हमला गर्नुपर्नेमा ढिलो भएको उनको भनाई थियो । चाँडै हमला गरेको भए युक्रेनको विषय समाधान भइसक्नेथियो समेत भने ।

मस्कोमा रुसी जर्नेल मारिएकोमा युक्रेनले आतंकवादी उपाय अपनाउन थालेको समेत बताए ।

७६ प्रश्नको चार घन्टा जवाफ दिने क्रममा पुटिन कडा रुपमा प्रस्तुत भए । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङलाई असल भित्र भने । एशियामा यी दुई देशसँग विशेष सम्बन्ध रहेको बताए ।

सिरियामा इजरायलले ठूलो सफलता हासिल गरेको तर रुसले पनि केही नगुमाएको उनको दाबी थियो ।

प्रतिक्रिया