२१ पुस २०८१, आइतबार | January 6, 2025

ललितानिवासमा भ्रष्टाचार गरेका मीनबहादुरलाई ओलीको संरक्षण


December 17, 2024
664
Shares

काठमाडौं, २ पौष । ललितानिवास जग्गा प्रकरणमा अदालतबाट दोषी ठहर भएका पात्र हुन् मीनबहादुर गुरुङ । भाटभटेनी सुपरमार्केटका संचालक गुरुङलाई यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षण छ ।

ओलीलाई गुरुङले गुन पनि लगाएका छन् । एमालेको पार्टी कार्यालयलाई जग्गा सहित भवन बनाइदिने जिम्मा लिइसकेका छन् गुरुङले । त्यसविरुद्ध अदालतमा मुद्दा परेपनि खारेज भएको छ । यसले पनि तरंग आएको छ ।

गुरुङको धनको स्रोतमाथि पनि प्रश्न उठ्ने गरेको छ । उनले भ्रष्ट नेताहरुको रकम चलाएको विषय उठ्दै आएको छ । धनराज गुरुङ सहकारी प्रकरणमा मुछिंदा उनले झण्डै एक करोड दिएको खुलिसकेको छ ।

ओलीले भ्रष्टाचार र गैरकानूनी धन्दामा मुछिएका व्यवसायीलाई संरक्षण दिएको विषय उठिरहेको छ । गिरिबन्धु जग्गा प्रकरणमा पनि ओलीले भूमिका खेलेर एकजना विवादास्पद व्यवसायीलाई संरक्षण गरेका छन् ।

प्रतिक्रिया