२ माघ २०८२, शुक्रबार | January 17, 2026

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइने


December 9, 2024
415
Shares

झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनुभएको छ ।

झापाको गौरादहमा आज आयोजित ताजपूरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना साना उद्योग सन्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, सस्कृति र परम्परालाई आधुनिक बनाउदै निरन्तरता दिन आग्रह गर्दै सो समाजका मागलाई आवश्यक सुनुवाइ गर्न ध्यान दिने विश्वास दिनुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपूरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्नुभएको थियो ।

प्रतिक्रिया