१० मंसिर २०८१, सोमबार | November 25, 2024

रक्सी प्रतिबन्धित विहारमा विषाक्त रक्सीबाट ८ को मृत्यु


0
Shares

एजेन्सी, २ वैशाख । विषाक्त रक्सीबाट भारतको विहारमा आठ जनाको मृत्यु भएको छ । नेपालसँग सीमा जोडिएको भारतको पूर्वी चंपारण जिल्लामा शुक्रवारबाट शनिवार विहानसम्म उनीहरुको मृत्यु भएको हो । कतिपयको अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वी चंपारणको हरसिद्धि, पहाडपुर र तुरकौलियामा मृत्युको घटना भएको भारतीय समाचार एजेन्सी हिन्दुस्थान समाचारले उल्लेख गरेको छ ।

भारतमा विषाक्त रक्सीबाट वर्षेनी सयौंको मृत्यु हुने गरेको छ । विहार राज्यमा रक्सीमाथि प्रतिबन्ध लगाइएपनि लुकिछिपी विक्री वितरण हुँदै आएको छ ।

प्रतिक्रिया