२ माघ २०८१, बुधबार | January 16, 2025

जन्मस्थान नेपालमा तीर्थयात्रीका रुपमा आएर फर्किए भुटानका राजा


December 6, 2024
2.3k
Shares

काठमाडौं, २१ मंसिर । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक नेपालमा जन्मिएका हुन् । २१ फेब्रुअरी सन् १९८० मा काठमाडौंमा जन्मिएका उनको नेपालमा गहिरो नातासम्बन्ध छ ।

राजा वाङचुकले यसपटक भारतको औपचारिक भ्रमणका क्रममा नेपाललाई ट्रान्जिट बनाए । उनी शुक्रबार स्वयम्भु र बौद्धनाथ दर्शनका लागि काठमाडौं ओर्लिए । नयाँ दिल्लीबाट सिधै काठमाडौं आएर उनी पाँच घण्टा बसे । यस क्रममा तीर्थयात्रा गरे ।

भुटानका राजा वाङचुकको यो भ्रमण औपचारिक थिएन । यसकारण उनले कुनै औपचारिक भेटघाट पनि गरेनन् । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणाले बिदाई भेट गरिन् विमानस्थलमा ।

नेपाल आएर उनी अपरान्ह नै भुटान फर्किएका हुन् । उनको तीर्थयात्रीका रुपमा भएको यो भ्रमणलाई आफ्नो धर्मप्रतिको गहिरो आस्थाका रुपमा लिइएको छ ।

प्रतिक्रिया