१९ मंसिर २०८१, बुधबार | December 5, 2024

कीर्तिपुरको मतले भन्छः काँग्रेस र एमालेको राजधानीमा लोकप्रीयता घट्दो (तथ्यांकसहित)


December 3, 2024
2.8k
Shares

काठमाडौं, १८ मंसिर । साँढे दुई वर्षमा देशका मुख्य दलहरु नेपाली काँग्रेस र नेकपा एमालेको लोकप्रीयता खस्कदै गएको उपनिर्वाचनको नतिजाले देखाएको छ । काठमाडौं उपत्यकामा प्रभावशाली मानिएका यी दुई दलको मत ह्वात्तै घटेको छ ।

सत्ता र शक्ति हातमा हुँदा पनि स्थानीय तहमा किर्तिपुरमा काँग्रेस र एमालेको मत घटेको छ २०७९ को तुलनामा । मेयरमा काँग्रेसका कृष्णमान डंगोलको ५३३४ मत आएको छ । यसअघि मेयर जित्दा काँग्रेसका राजकुमार नकर्मीले ९०४३ मत ल्याएका थिए । तथ्यांक हेर्दा काँग्रेसको झण्डै ४ हजार मत घटेको छ ।

त्यतिबेला एमालेका केश रत्न बज्राचार्यले ५५०७ मत ल्याएका थिए । अहिलेका उम्मेदवार शिव शरण महर्जनको ४५५५ मत आएको छ । एमालेको हजार मत घटेको छ ।

माओवादीका शिव शरण महर्जनले २०७९ मा ४०९० मत ल्याएका थिए । यसपटक उनले झण्डै ५ सय मत बढाएर ४५५५ मत ल्याए ।

स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनको २०३६, कवि कुमार महर्जनको १३१४, दिनेश कुमार अधिकारीको १०४८, ध्रुव महर्जनको ९९५, नवरथ कुमार बानियाको ४३८ मत आयो ।
२०७९ को स्थानीय चुनावमा नेकपा एसका वटु कृष्ण थापाको ११५३, राप्रपाका जितबहादुर विष्टको ५७२ मत आएको थियो ।

तथ्यांक केलाउँदा काठमाडौं उपत्यकामा काँग्रेस र एमालेको लोकप्रीयता खस्किएको छ । माओवादीले केही मत बढाएपनि झण्डै यथास्थितिमै छ । राप्रपाको मत केही बढेको छ । स्वतन्त्रहरुको लहर बढेको देखिन्छ ।

प्रतिक्रिया