रवि लामिछाने काठमाडौंमा
काठमाडौं, १३ मंसिर । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने काठमाडौंमा झिकाइएका छन् । उनलाई साँझ विमानमार्फत् काठमाडौं ल्याइएको हो ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयानका लागि ल्याइएका लामिछाने कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनी जीबी राई अध्यक्ष रहेको सहकारी ठगी प्रकरणमा मुछिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका लामिछानेलाई यसअघि रुपन्देही लगिएको थियो । उनलाई सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा लगिएको छ ।