१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

यी देशमाथि हमला भए रुसले आणविक अस्त्र प्रयोग गर्नसक्ने


November 28, 2024
581
Shares

एजेन्सी, १३ मंसिर । रुसले आणविक हतियारसम्बन्धी नयाँ डक्ट्रिन बनाएको छ जसमा उसको सुरक्षा छातामुनी रहेका देशमाथि हमला भए खतरनाक कदम चाल्नेछ । त्यो कदम भनेको आणविक अस्त्रको प्रयोग हो ।

रुसले युरेसियाका आफ्ना मित्रशक्तिलाई आणविक हतियार समेत उपलब्ध गराउनसक्ने डक्ट्रिन बनाएको हो । ती देशहरुमा विघटित सोभियत संघबाट अलग भएका आर्मेनिया, बेलारुस, काजिकिस्तान र किर्गिजस्तान छन् । उज्वेकस्तान पनि रुसको सुरक्षा छातामुनी रहेको मानिन्छ ।

रुसी राष्ट्रिय सुरक्षा परिषदका सचिव सेर्गेइ सोइगुले हालैमात्र पश्चिमा देशलाई रुसको आणविक डक्ट्रिन पढ्न भन्दै आफ्नो सुरक्षा छातामुनी रहेका देशलाई आणविक अस्त्र नै उपलब्ध गराउन सक्ने बताएका छन् । रुसले पछिल्लो समय पश्चिमा देशहरुसँग कुनैपनि बेला आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया