१२ मंसिर २०८१, बुधबार | November 27, 2024

कुलमान निरिह, अरबौं महशुल नतिर्नेलाई ओलीको संरक्षण


November 27, 2024
249
Shares

काठमाडौं, १२ मंसिर । २२ अर्ब विद्युत महशुल नतिर्ने उद्दोगीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गरेपछि देशमा रक्षक नै भक्षक बनेको उदाहरण प्रस्तुत भएको छ । डेडिकेटेड र ट्रंक लाइनवापत्को महशुल नतिरेका उद्दोगीहरु विभिन्न चलखेल गरी शक्तिकेन्द्रलाई प्रभावमा पार्न सफल भएपछि अरबौंको महशुल नउठ्ने सम्भावना बलियो भएको छ ।

नेपाल विद्युत प्राधिकरणले पटक पटक बक्यौता नतिर्नेको लाइन काट्ने सूचना जारी गरेपछि कहिले मन्त्रिपरिषद्बाट निर्णय गराएर त कहिले विद्युत नियमन आयोग त कहिले प्राधिकरणको बोर्डबाट निर्णय गराएर उद्दोगीको संरक्षण भइरहेको छ । यसमा प्रधानमन्त्री ओली र ऊर्जामन्त्री दिपक खड्काको स्वार्थ देखिइसकेको छ ।

महशुलको ब्याज नै अरबौं पुगिसक्दा उद्दोगीहरु कमिशन बोकेर शक्तिकेन्द्र धाउने र महशुल नतिर्दा पनि अप्ठ्यारो नपर्ने परिस्थिति बनाउन सफल भएका छन् । बुधबार प्राधिकरणको बोर्डमा दुई सदस्यले असहमति जनाउँदा पनि विद्युतको लाइन नकाट्ने निर्णय भएको छ । यसमा सञ्चालक समितिका कपिल आचार्य र भक्तबहादुर पुनले भने असहमति जनाए । तर, कुलमान घिसिङ निरिह बन्दा समिति लाइन नकाट्ने निर्णयमा पुगेको हो ।

प्रतिक्रिया