२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

जेलमा को को पूर्वमन्त्री र सांसद


November 12, 2024
1.6k
Shares

काठमाडौं, २७ कात्तिक । सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद रवि लामिछाने हिरासतमा छन् अहिले । उनलाई कास्कीबाट थप अनुसन्धानका लागि रुपन्देही लगिएको छ ।
रविविरुद्धको आरोपमा अनुसन्धान चलेपछि र्पुपक्षका लागि थुनामा राख्ने या जेल चलान गर्ने फैसला आउनेछ सम्भवत मंसिरभित्र ।

रवि पक्राउ परेको एक मिहनापछि मनाङका प्रदेशसभा सांसद दिपक मनाङे जेल परेका छन् । २१ वर्षअघि चक्रे मिलनको हात छिनालेको प्रकरणमा उनलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएपछि पक्राउ गरी डिल्लीबजार कारागार पठाएको छ ।

कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा पक्राउ परेका छन् । यो प्रकरणमा मुछिएपछि उनको मन्त्री पद गएको थियो ।

अहिले जेलमा छन् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी । उनी शरणार्थी प्रकरणमा जेल गएका हुन् । यही प्रकरणमा मुछिएका भीआइपीहरु पनि जेलमै छन् ।

प्रतिक्रिया