३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ग्यांगस्टर बाबुका ग्यांगस्टर छोरा इनकाउंटरमा मारिए


83
Shares

काठमाडौं, ३० चैत्र । अतिक अहमद भारतका चर्चित ग्यांगस्टर हुन् । उनी पछि राजनीतिमा लागेर सांसद पनि बनेका थिए । उत्तर प्रदेशका अतिक हाल जेलमा छन् । उनका पाँच छोरा छन् । जसमध्ये असद अहमद ग्यांकस्टर हुन् ।

असद र उनका सहयोगी आज बिहिबार प्रहरी इनकाउंटरमा मारिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार असदका सहयोगी गुलाम पनि प्रहरी इनकाउन्टरमा मारिएका छन् । दुवैजना कानून व्यवसायी उमेश पाल हत्याकाण्डमा जोडिएका थिए ।

उत्तर प्रदेश प्रहरीले असद र गुलामको टाउकाको मूल्य समेत तोकेको थियो । प्रयागराजमा उमेश पालको हत्या भएपछि उनीहरु खोजीको सूचीमा थिए ।

आज विहान उत्तर प्रदेशका सांसद अतिक अहमदलाई अदालतमा पेश गरिएको थियो । उनका भाई खालिद अजिमलाई बरेलीको जेलबाट कडा सुरक्षाबीच अदालत लगिएको थियो । ठिक आजकै दिन अहमदका छोरा असद इनकांउटरमा मारिए ।

अतिकमाथि १०० भन्दा बढी आपराधिक गतिविधिमा संलग्नताको आरोप छ । जसमध्ये पाल हत्याकाण्ड पनि हो ।

कानून व्यवसायी उमेश पाल सन् २००५ मा बहुजन समाजवादी पार्टीका सांसद राजु पालको हत्याका प्रत्यक्षदर्शी थिए । पालको आफ्नै घरबाहिर प्रयागराजमा दुई प्रहरी सुरक्षागार्डसहित हत्या भएको थियो । अतिक खतरनाक हत्याकाण्डमा मुछिए । तर, उनलाई राजनीतिक कारणले संरक्षण भयो ।

निकै विवादमा मुछिएपछि अतिकलाई सन् २०१४ मा समाजवादी पार्टीबाट निष्काशित गरियो । बहुजन समाजवादी पार्टीसँग उनले टिकट मागे तर अस्वीकृत भएपछि आफै दल खोले । तर, २०१४ को चुनाव जेलबाटै लडेर हारे ।

प्रतिक्रिया