१८ मंसिर २०८१, मंगलबार | December 3, 2024

ट्रम्पको जितसँगै युक्रेन युद्ध अन्त हुने


November 6, 2024
1.7k
Shares

एजेन्सी, २१ कात्तिक । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनावमा एउटा मुद्दालाई उठाएका थिए । त्यो हो, उनी जिते भने केही दिनमै युक्रेन युद्ध अन्त हुने ।

ट्रम्पले डेमोक्रयाट्स राष्ट्रपति जो वाइडेनको आलोचना गर्दै रुसले लाभ लिने गतिविधि गरेको आरोप लगाएका थिए । डेमोक्रयाट राष्ट्रपति हुँदा रुसले आफ्नो भूभाग र प्रभाव निरन्तर बढाएको तथ्यांक नै प्रस्तुत गरेका थिए । जसमा क्रिमियामाथि रुसको आधिपत्य, चेचेनियामा रुसको पूर्ण नियन्त्रणलगायतका विषय थिए । जुन डेमोक्रयाट राष्ट्रपति हुँदाको समयमा भएका थिए ।

ट्रम्पले रुसलाई युद्ध गर्न नदिने र रोक्ने बताएका थिए । अब उनले भनेजस्तै युक्रेन युद्ध रोकिएला ? चासो बनेको छ ।

युक्रेन युद्ध रोक्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मध्यस्थकर्ताको रुपमा देखिइसकेका छन् । उनलाई ट्रम्पले आफ्नो असल मित्र भन्दै आएका छन् । ट्रम्पलाई मोदीले राष्ट्रपति निर्वाचित भएपछि बधाई दिने क्रममा असल मित्र भने । अब मोदीको भूमिका देखिनेछ यसपटक ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि ट्रम्पप्रति सकारात्मक छन् । अब उनले पनि युक्रेन युद्ध अन्त कस्तो भूमिका निभाउलान् ? चासो बनेको छ ।

प्रतिक्रिया