६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

मोदी-पुटिन भेट


October 22, 2024
415
Shares

एजेन्सी, ६ कात्तिक । ब्रिक्स सम्मेलनमा सहभागी हुन रुसको काजान पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटमा दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउनेबारे छलफल केन्द्रित भएको मोदीले ट्वीटमार्फत् जानकारी दिएका छन् ।

भेटमा भारतका विदेशमन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाललगायत वरिष्ठ अधिकारीहरु सहभागी थिए ।

मोदी र पुटिनबीच यो वर्ष दोस्रोपटक रुसमै भेटवार्ता भएको छ । पछिल्लो समय भारतले रुससँग व्यापार र सैन्य सम्बन्ध अझ बढाएको छ ।

प्रतिक्रिया