४ कार्तिक २०८१, आइतबार | October 21, 2024

छठपछि ओली सरकार ढाल्ने खेल


October 20, 2024
4.5k
Shares

काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली दल विभाजनमा माहिर छन् । उनले विगतमा पनि प्रधानमन्त्री हुँदा दल विभाजनसम्बन्धी विधेयक ल्याएर प्रयास पनि गरेका थिए । त्यतिबेला उपेन्द्र यादवको दल फुटबाट जोगियो । दल विभाजनको खेलमा लागेका महेश बस्नेत र किसान श्रेष्ठहरु आलोचित भए ।

उपेन्द्रको दल त पछि फुट्यो । अहिले फेरि ओली दल विभाजन गर्न लागिपरेका छन् । उनी विधेयक ल्याउन खोज्दैछन् । विश्वस्त स्रोतका अनुसार माधव नेपालको दल नेकपा एस फुटाउन ओली विधेयक ल्याउने तयारीमा पुगेका हुन् । तर, काँग्रेस सभापति शेरबहादुर देउवा त्यसको पक्षमा छैनन् ।

रवि लामिछानेलाई जेल हाल्ने खेलमा देउवा लागेको भन्दै रवि आक्रोशित थिए । तर, ओली नै यो खेलमा छन् भन्ने बुझेर उनी हिरासतबाट अदालत लगिंदा आक्रोशित भए । पोखरा जिल्ला अदालत लगिंदा उनले ओली प्रधानमन्त्री भइरहे जनताले दुःख पाउने बोले ।

विगतमा देउवाले प्रधानमन्त्रीको प्रस्ताव गर्दा अस्वीकार गरेको भन्दै हिंड्ने रविले ओलीप्रति ठूलै गुन लगाएको ठान्थे । ओलीले उपप्रधान तथा गृहमन्त्री बनाइदिएको ठान्थे । तर, उनको ओलीप्रति मोहभङ्ग भएको छ । कुटिल चालका ओलीले रविलाई खेलाई खेलाई जेल पठाउन लागेका छन् ।

रविको मुखबाट ओलीलाई प्रधानमन्त्रीबाट हटाउने विषय त्यसै आएको होइन । भित्र भित्र प्रचण्ड पनि ओली हटाउन सक्रिय छन् । उनी देउवालाई फकाउन लागिपरेका छन् ।

अहिलेको गठबन्धनमा धमिरा लाग्दै गएको छ । यो सरकार तिहार लगत्तै ढल्ने परिस्थिति विकास भएको छ । त्यसअघि राजनीतिमा धेरै हलचल आइसक्ने देखिएको छ ।

प्रतिक्रिया