२ कार्तिक २०८१, शुक्रबार | October 19, 2024

रवि लामिछाने पक्राउ


October 18, 2024
664
Shares

काठमाडौं, २ कात्तिक । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई सहकारी ठगी र संगठित अपराधको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले शुक्रबार साँझ पक्राउ परेको हो ।

लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि काठमाडौंको बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा सीआइबीको टोली पुगेको थियो । एसपी होबिन्द बोगटीको टोली पुगेपछि लामिछानेले पक्राउ पूर्जी बुझेका थिए ।

लामिछानेलाई स्थलमार्गबाट पोखरातर्फ लगिएको छ । उनीमाथि पोखराकै सुर्यदर्शन सहकारीमा ठगीको अभियोग छ । त्यसैले त्यही उनीमाथि अनुसन्धान हुने बुझिएको छ ।

लामिछानेले केपी शर्मा ओलीमाथि मीनबहादुर गुरुङबाट जग्गा दान लिएको विषयलाई विषयान्तर गर्न आफूलाई पक्राउ गरिएको सामाजिक सञ्जालमार्फत् बोलेको भिडियो सार्वजनिक भएको छ । उनले काँग्रेसलाई खुशी पार्न ओलीले आफूलाई पक्राउ गर्न लगाएको आरोप लगाए ।

प्रतिक्रिया