३० आश्विन २०८१, बुधबार | October 16, 2024

शरणार्थीको रुपमा इरानबाट भारत पसेका थिए टाटाका पूर्वज


October 14, 2024
1.4k
Shares

एजेन्सी, २८ असोज । भारतमा सबैभन्दा बढी रोजगारी दिदै आएको टाटा समूहका पूर्व प्रमुख रतन टाटाको निधनको खबर विश्वभर बढी चासोको विषय बनेको छ । टाटा समूहले ६ लाख ६० हजार व्यक्तिलाई रोजगारी दिदै आएको छ । दर्जनौं कम्पनी चलाइरहेको टाटाले अरबौं डलर कर तिर्दै आएको छ । सामाजिक क्षेत्रमा पनि अरबौं डलर वार्षिक रुपमा खर्चिने गर्दछ ।

टाटा समूहका रतन टाटाले दुई दशक समूहलाई नेतृत्व दिए । उनी आजीवन अविवाहित रहे । टाटाको सामान्य जीवनयापन र मिहेनतका कथाको चर्चा चलिरहेको छ ।

वास्तवमा टाटाको पूर्वज दशौं शताब्दीमा इरानबाट भारत पसेका हुन् । इरानमा अरबहरुले नियन्त्रण बनाएपछि पर्सियन समुदायका टाटाका पूर्वज १०औं शताब्दीमा भौतारिन थाले । इरानको विभिन्न भूभागमा बसाईँ सरेपनि अरबी हमलाबाट बच्न कठिन भएपछि भारत पसेका थिए ।

१० औं शताब्दीमा भारतको विभिन्न स्थानमा बसेका उनीहरु पछि गुजरातमा बसे । त्यहाँ पनि प्राकृतिक प्रकोपको सामना गरे । टाटाका पूर्वज व्यापार गर्न थाले । उनीहरुको व्यापारिक खूबीले निरन्तर प्रगति गर्दै गए ।

पर्सियनहरु भारतमा ५० हजारभन्दा केही बढी संख्यामा मात्र छन् । तैपनि उनीहरु उद्दोगव्यवसायमा अगाडि छन् । सामाजिक क्षेत्रमा पनि ठूलो धनराशी खर्चिन्छन् ।

सन् १९६२ मा जम्सेदजी टाटाले टाटा समूहको स्थापना गरे । रतन टाटाका हजुरबुवा जम्सेदजीले स्थापना गरेको टाटा समूह अहिले विश्वमै बढी रोजगारी सृजना गर्ने समूहमध्ये एक हो । यसकारण पनि टाटा समूहको ठूलो मान छ भारतमा ।

शरणार्थीका रुपमा भारत पसेका पर्सियनहरुले भारतमा जुन स्थान बनाए त्यो निकै उदाहरणीय छ । उनीहरुको आफ्नै धर्म संस्कार छ । जसलाई अझै अभ्यास गर्दै आएका छन् ।

प्रतिक्रिया