३० आश्विन २०८१, बुधबार | October 16, 2024

ट्रम्पको हत्या गर्ने तेस्रो प्रयास विफल


October 14, 2024
581
Shares

एजेन्सी, २८ असोज । अमेरिकी राष्ट्रपति चुनावका प्रत्याशी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको तेस्रो पटक हत्या प्रयास भएको छ । अमेरिकी सुरक्षा निकायले उनको हत्या प्रयास तेस्रोपटक विफल पारेको जनाएको छ ।

यसअघि ट्रम्पमाथि भएको हत्या प्रयासमध्ये एकपटक गोली प्रहारबाट कानमा चोट लागेको थियो । पूर्व राष्ट्रपति ट्रम्पलाई क्यालिफोर्नियाको रयालीमा हत्याको योजना बुनिएको थियो । उनलाई हत्या गर्न खोज्ने ४९ वर्षीय पुरुष पक्राउ परेका छन् । भेम मिलर नामका ती पुरुषले गैरकानूनी रुपमा सट गन लिएका थिए । उनीमाथि अनुसन्धान चलिरहेको छ ।

प्रतिक्रिया