६ आश्विन २०८१, आइतबार | September 22, 2024

मोदीको वाइडेनसँगको अंकमाल


September 22, 2024
249
Shares

एजेन्सी, ६ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गरेका छन् । आइतबार मोदीले वाइडेनको ग्रेनभिल्लेस्थित निवासमै भेटेका हुन् ।

भेटमा मोदी र वाइडेनबीच अंकमाल भएको दृश्य सार्वजनिक भएको छ । दुई नेताले क्षेत्रीय र विश्व परिवेशबारे छलफल गरेको मोदीले ट्वीट मार्फत् खुलाएका छन् ।

मोदी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका छन् ।

गत महिना रुस पुगेर मोदीले भ्लादिमिर पुटिनकै निवासमा भेटेका थिए । भेटमा मोदी र पुटिनबीच अंकमालको दृश्य भाइरल भएको थियो ।

प्रतिक्रिया