३ आश्विन २०८१, बिहिबार | September 20, 2024

अमेरिकामा शो भन्दै ठग्न थालेपछि एक्सनमा उत्रिए सलमान


September 17, 2024
0
Shares

एजेन्सी । बलिउड अभिनेता सलमान खान र उनको टोलीले एक विज्ञप्ति जारी गर्दै आफ्ना फ्यानहरुलाई सचेत गराएको छ । यसमार्फत अभिनेताको टोलीले सलमानको आगामी अमेरिका भ्रमणका लागि टिकट बुकिङ गरिरहेका फ्यानहरूलाई सचेत गराएको हो ।

सोसल मिडियामा एक पोस्ट सेयर गर्दै टिमले सलमानले अहिले कुनै टुर नगरेको बताएको छ । अमेरिका भ्रमणको नाममा पैसा असुल्नेलाई कानुनी कारबाही गरिने पनि बताइएको छ । यो अभिव्यक्ति सलमान खानले पनि सेयर गरेका छन् । यसमा लेखिएको छ, ’तपाईको जानकारीको लागि, हामी तपाईलाई बताउन चाहन्छौं कि सलमान खान वा उनको टोलीसँग सम्बन्धित कुनै पनि कम्पनीले अमेरिकामा कुनै कन्सर्ट वा उपस्थिति आयोजना गरेको छैन।’

ठगी गर्नेलाई कारबाही गरिने विज्ञप्तिमा भनिएको छ, ‘सलमान खानले प्रदर्शन गर्न लागेको भन्ने कुनै पनि दाबी बिल्कुलै गलत हो । कृपया तिनीहरूलाई विश्वास नगर्नुहोस्। न त त्यस्तो कुनै पनि इ–मेल, सन्देश वा विज्ञापनलाई सत्यको रूपमा स्वीकार गर्नुहोस्। यस्ता झुटा अफवाह फैलाउने र ठगी गर्नेलाई कडा कारबाही गरिनेछ ।’

अमेरिका भ्रमणको नाममा ठगी भइरहेको थियो, सलमानको बारेमा सामाजिक सञ्जालमा यो दाबी गरिएको थियो कि अभिनेताले अक्टोबर ५ मा अमेरिकाको अर्लिङ्गटन थिएटरमा प्रस्तुति दिनेछन् ।

सलमान छिट्टै अमेरिका भ्रमणमा जान लागेको भन्दै यस कार्यक्रमको टिकट बिक्री भइरहेको छ । यो कुरा सार्वजनिक हुने बित्तिकै सलमान खान र उनको टोलीले आधिकारिक नोट जारी गर्दै सत्यता खुलासा गरेका थिए ।
यसअघि सलमानका म्यानेजर जोर्डी पटेलले पनि एक इन्स्टा स्टोरी पोस्ट गरेका थिए । अनलाइन टिकटिङ साइटको स्क्रिनसट सेयर गर्दै उनले फ्यान कसरी लुटिरहेका छन् भन्ने बताए ।

सलमानले ‘बिग बोस १८’ होस्ट गर्ने छन्, अहिले सलमान फिल्म ‘सिकन्दर’ को सुटिङमा व्यस्त छन् । यो ईद २०२५ मा रिलिज हुनेछ । यस बाहेक उनी चाँडै बिग बोस सिजन १८ होस्ट गर्दै देखिनेछन् ।
सोमबार बिग बोस १८ का निर्माताले शोको टिजर सार्वजनिक गरेका छन् । यस पटक प्रतियोगीहरूले शोमा ’समयको ताण्डव’ को सामना गर्नेछन्।

 

प्रतिक्रिया