३ आश्विन २०८१, बिहिबार | September 19, 2024

जाडो महिनामा उद्दोगीले सत्ताधारीलाई पैसा पेल्लान् कि तिर्लान् ?


September 12, 2024
498
Shares

काठमाडौं, २७ भाद्र । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनवापत्को महशुल तिर्न उद्दोगहरुलाई बुधबार फेरि पत्राचार गरेको छ । २६ भाद्रमा गरिएको पत्राचारमा कात्तिक ८ गतेभित्र महशुल बुझाउन भनिएको छ । त्यसपछि प्राधिकरणले के गर्छ ? चासो बनेको छ ।

प्राधिकरणले अरबौंको महशुल उठाउन सकेको छैन । केही उद्दोगीले शक्तिकेन्द्र धाएर रकम नतिर्ने गतिविधि ९ वर्षयता गरिरहेका छन् । यसको अर्थ उनीहरुले तिर्नुपर्ने रकम ब्याज जोड्दा दोब्बर भइसकेको छ । महशुल नतिर्ने उल्टै सत्तामा जो आउँछ उसैलाई कमिशन खुवाएर लाइन काटेमा जोड्ने गर्दै आएका छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै विद्युत महशुल नतिर्ने उद्दोगीको पक्षमा कदम चालियो । प्राधिकरणले काटेको लाइन जोड्न वाध्य पारियो । विश्वस्त स्रोतका अनुसार उद्दोगीले करोडौं रकम बुझाएर रकम असुल्न वाध्य पारे । विगतमा पनि त्यस्तै गर्दै आए उद्दोगीले ।

कात्तिक ८ पछि प्राधिकरणले फेरि लाइन काट्छ कि काट्दैन ? काटेमा ओली सरकारले के कदम चाल्छ ? चासो बनेको छ । उद्दोगीले पैसा पेल्लान् कि महशुल नतिर्लान् प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया