८ आश्विन २०८१, मंगलबार | September 24, 2024

प्रचण्डलाई छटपटी


September 10, 2024
581
Shares

काठमाडौं, २५ भाद्र । प्रधानमन्त्रीबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छटपटी देखाइरहेका छन् । उनी देशव्यापी भ्रमण गरेर सत्ता गठबन्धनविरुद्ध बोलिरहेका छन् । उनले गठबन्धनविरुद्ध रणनीतिक कदम पनि चाल्ने संकेत गरिरहेका छन् ।

प्रचण्ड जहाँ पुग्यो त्यहाँ विहान या बेलुकीको पैदलयात्रा गर्दै भिडियो शेयर गरिरहेका छन् । उनको आकृतिमा आक्रोश पनि देखिन्छ ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मुख मुसारेर पछाडिबाट घचेटेको भनेका थिए । उनले ओलीबाट धोका भएको बताइरहेका छन् । कुनैपनि बेला ओलीलाई सत्ताबाट हटाउन प्रचण्डको आतुरी देखिन्छ ।

प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई फकाइरहेका छन् । देउवालाई फकाइरहेको सूचना मिलेपछि ओलीले पनि आफूबाट आलोपालो प्रधानमन्त्रीमा सहमति उल्लंघन नहुने दोहोराइरहेका छन् ।

प्रतिक्रिया