३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रधानसेनापति बने अशोकराज सिग्देल


September 9, 2024
498
Shares

काठमाडौं, २४ भाद्र । जर्नेल अशोकराज सिग्देल सोमबारबाट औपचारिक रुपमा नेपाली सेनाका प्रधानसेनापति बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले दज्र्यान्ही चिन्ह लगाइदिएर शपथ पनि खुवाएका छन् ।

प्रभुराम शर्मा सेनापतिबाट सेवानिवृत्त भएपछि सरकारले यसअघि नै सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज पौडेल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत विशिष्ट व्यक्तिहरु सहभागी थिए ।

यसअघि ताराध्वज पाण्डे नागरिकता प्रकरणमा विवादमा परेपछि राजीनामा दिन वाध्य भएका थिए । त्यसपछि सिग्देलको प्रधानसेनापति बन्ने मार्ग खुलेको थियो । उनको पनि नागरिकता विवादमा परेपनि जँगी अड्डाले कुनै समस्या नभएको स्पष्ट पारेपछि प्रधानसेनापतिको लाइनमा परेका थिए ।

प्रतिक्रिया