३ आश्विन २०८१, बिहिबार | September 19, 2024

अदालतमा भ्रष्टहरुको जगजगीः भ्रष्ट कर्मचारीलाई भ्रष्टकै भर


September 9, 2024
249
Shares

काठमाडौं, २४ भाद्र । देशमा न्यायको धरोहर अदालतमा भ्रष्टहरुको जगजगी हुन थालेको छ । केही सिण्डिकेट वकिलहरु भ्रष्टहरुबीचको बिचौलियामा परिणत भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकै मिहेनत गरेर अनुसन्धान गरी मुद्दा दायर गरेपनि अदालतले प्रमाण नपुगेको भन्दै हराउने गरेको छ । विशेष अदालत त भ्रष्ट चोख्याउने सुनपानी जस्तै भएको छ ।

पशुपतिको जलहरीमा ५ किलो सुन भ्रष्टाचार हुँदा पनि विशेष अदालतले मुद्दा दोषीलाई नै जिताइदिएको छ । यसमा पनि ठूलै चलखेल भएको छ ।

नेपाल वायु सेवा निगमका युवराज अधिकारी भ्रष्टाचारले गन्हाइसकेका छन् । उनलाई हटाउन सरकारले निर्णय विगतमा पनि लियो । तर, अदालतको स्टे अर्डरले थमौतीमा छन् ।

भ्रष्टहरुलाई जति हटाएपनि नियुक्तिको मिति देखाएर अदालतबाट स्टे अर्डर लिएर आउने गरेका छन् । भ्रष्ट कर्मचारी र नियुक्त अधिकारीहरुलाई भ्रष्टकै भर भइरहेको छ ।
सचिव मधु मरासिनीमाथि अख्तियारले मुद्दा दायर गर्यो । तर, उनले विशेष अदालतमा फाष्ट ट्रयाकमा सुनुवाई गर्न लगाएर सफाई पाए । लगत्तै उनी अर्थसचिव बने । यसमा पनि ठूलै चलखेल भयो ।

बैकुण्ठ अर्यालमाथि मुख्यसचिव हुँदै अख्तियारले मुद्दा दायर गरेको छ । उनीपनि अदालतबाट मुद्दा जित्नेमा ढुक्क भई हिंडिरहेका छन् ।

प्रतिक्रिया