४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

मोदीले रुस-युक्रेन युद्ध अन्त गर्न मध्यस्थता गर्न सक्लान् ?


August 20, 2024
498
Shares

एजेन्सी, ४ भ्रमण । नरेन्द्र मोदी स्वतन्त्र देश युक्रेनको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुँदैछन् । उनले यसै हप्ता युक्रेन पुगेर इतिहास रच्ने तय छ । तर, उनी किभमा केही घन्टामात्र बस्नेछन् सुरक्षाको कारणले ।

विशेष सैन्य विमानबाट युक्रेन पुग्नेछन् मोदी । ब्लुमवर्गका अनुसार मोदीले रुसको सन्देश युक्रेनमा पुर्याउनेछन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की पनि मोदीलाई भेट्न आतुर छन् ।

मोदीले अघिल्लो महिना रुसको भ्रमण गरी त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए । मोदीको उक्त भ्रमण निकै चर्चामा रह्यो । विशेषगरी अमेरिकालगायत पश्चिमा देशले चासो लिए ।

मोदीले युक्रेन भ्रमण गर्नुअघि रुसका नौसैनिक प्रमुख अलेक्जेन्डर मोइसेभ दिल्ली पुगेका छन् । उनले त्यहाँ भारतका उच्च सुरक्षा अधिकारीहरुसँग भेटिरहेका छन् । मोदीको युक्रेन भ्रमण अघि रुसी नौसैनिक प्रमुखको भेट अर्थपूर्ण छ ।

हुनत भारत रुस र युक्रेनबीच मध्यस्थकर्ता नबन्ने भनिरहेको छ । तर, भारतको भूमिका मध्यस्थकर्ताका रुपमा देखिदैछ अहिले । मोदीले रुस र युक्रेनबीचको युद्ध अन्तको अपेक्षा राखेका छन् । उनले समस्याको शान्तिपूर्ण समाधानमा जोड दिइरहेका छन् ।

मोदीलाई पुटिनले निकै नजिकको मित्र ठानेका छन् । भारतसँग रुसको विशेष सम्बन्ध छ । अर्कोतर्फ, भारतले अमेरिकासँगको निकटता पनि कायम राखेको छ । यसकारण भारतको भूमिका रुस र युक्रेनबीचको युद्ध अन्त गर्न महत्वपूर्ण सावित हुनसक्छ ।

युद्ध जटिल मोडमा छ । युक्रेनले अमेरिकालगायत पश्चिमा देशको हतियार प्रयोग गरी रुसभित्र पनि आक्रमण बढाइरहेको छ । यसले कुनेपनि बेला आणविक हतियारको प्रयोगको खतरा बढाएको छ । यसलाई रोक्न पनि मोदीले भूमिका बढाएको देखिदैछ ।

प्रतिक्रिया