४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

शेख हसिनालाई छोडेर बंगलादेश फर्कियो सैन्य विमान


1.9k
Shares

एजेन्सी,२२ साउन । बंगलादेशमा हिंसाका बीच भारत पुगेकी शेख हसिनाको सैन्य विमान हिन्दन एयरबेसबाट मंगलबार बिहान प्रस्थान गरेको छ । विमान कहाँ गयो भन्ने जानकारी आएको छैन । प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना सोमबार (अगस्ट ५) भारत पुगेकी हुन् । उनी लन्डन वा फिनल्याण्ड जान सक्छिन्।

हसिनाविरुद्ध दुई महिना लामो प्रदर्शनमा सोमबार निकै हिंसा भएको थियो । त्यसपछि हसिना ढाकाबाट अगरतला हुँदै भारत पुगिन् । उनीसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिन्डन एयरबेसमा करिब एक घण्टा कुराकानी गरेका थिए ।
त्यहाँ बंगलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमानले अन्तरिम सरकार गठन गर्ने कुरा गरेका छन् । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस, शेख हसिनाका सबैभन्दा ठूलो आलोचक, यो सरकारको मुख्य सल्लाहकार हुनेछन्।

 

प्रतिक्रिया