४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

विद्युत महशुलको अरबौं पचाउने योजनामा कुलमानलाई बली बनाउने ग्रान्डडिजाइन


1.3k
Shares

काठमाडौं, १९ साउन । नेपाल विद्युत प्राधिकरणमा अरबौं महशुल नतिर्ने उद्दोगीहरु केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रभावित पार्न सफल भएका छन् । डेडिकेटेड र ट्रंक लाइन अन्तर्गतको २० अर्बभन्दा बढी बक्यौतालाई विभिन्न प्रपञ्च रचेर छुट गराउन सफल केही उद्दोगी अहिले कुलमान घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाउन योजनावद्ध रुपमा लागेका छन् ।

अरबौंको खेलमा लाग्ने त्यस्ता उद्दोगीमा शंकर ग्रुपका दाजुभाई शुलभ र साहिल अग्रवाल छन् । उनीहरुले सबैभन्दा बढी महशुल तिनुपर्नेमा पर्छन् ।

महशुल तिर्न वाध्य पार्ने कुलमानलाई हटाउन योजना बुनेरै माफिया शैलीमा उद्दोगी लागेका छन् । यसका लागि प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिलाई प्रयोग गर्न खोजिएको छ । लेखा समितिले कुलमानमाथि अख्तियार लगाउन निर्देशन दिने निर्णय शुक्रबार गर्न खोज्दा विवाद भएको थियो ।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महशुल नतिर्ने उद्दोगीसँग गोप्य भेट गरेको रहस्य खुलेको छ । उनी स्वयं योजनावद्ध तरिकाले महशुल नतिर्ने उद्दोगीाबट प्रभावित भएको देखिन्छ । यसले थप अनियमितताको विषय आएको छ ।

महशुल नतिर्ने उद्दोगीबाट प्रभावित भएका समिति सभापति पोखरेलविरुद्ध माओवादी सांसद अमनलाल मोदी आक्रोशित बने शुक्रबारको बैठकमा । उनीहरुबीच चर्काचर्की नै चल्यो ।

राज्यलाई अरबौं घाटा गराउने र कमिशन हात पार्ने योजनामा सत्ताधारी नै लागेपछि देश माफियाको हातमा पुगिरहेको पुष्टि हुँदै गएको छ । विगतमा एनसेलको कर छली प्रकरणमा पनि सत्ताधारी र प्रतिपक्ष समेत मिलेका थिए । उनीहरुले एनसेल कर छलीमा सहयोगी भूमिका निभाएका थिए ।

प्रतिक्रिया