४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

तीन नवनियुक्त राज्यमन्त्रीले लिए पद तथा गोपनियताको शपथ


996
Shares

काठमाडौं,१८ साउन । शुक्रबार नियुक्त भएका तीन राज्यमन्त्रीले शपथ लिएका छन् । नवनियुक्त राज्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शुक्रबार कांग्रेसबाट रूपा विक र पूर्णबहादुर तामाङ तथा नागरिक उनमुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका छन् ।

विक वन तथा वातावरण,चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

विक कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् । योसँगै २५ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ ।

प्रतिक्रिया