गोविन्दराज, धनराज र सूर्यनाथको त्रिकोणीय प्रतिशोधमा बालकृष्ण श्रीमान शिखण्डी
नेपाली पेन, १४ साउन । गोविन्दराज जोशी र धनराज गुरुङ । यी दुई पात्रहरुप्रति धेरैको फरक दृष्टिकोण छ । दुवैबीच ठूलै टकराव छ । दुवै एकार्कालाई भ्रष्टाचारी र आफूलाई सदाचारी देखाउने प्रतिष्पर्धा नै चल्यो। दुवै गण्डकी प्रदेशका हुन् । गुरुङ स्याङ्गजा र जोशी तनहुँका। एक जमानामा तनहूँका जोशी गिरिजा प्रसाद कोइरालाका भित्रिया र पटक(पटक प्रमुख सचेतक र मन्त्री हुने चर्चित पात्र हुन् । अघिल्लो पुस्ताका चर्चित त्रिशक्ति अर्थात रामचन्द्र, शेरबहादुर, शैलजा आचार्य पछिको दोस्रो पुस्तामा कहलिएका त्रिशक्ति थिए अर्थात खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छेदार । यिनीहरूको नाम मन्त्री हुनेमा कहिल्यै छुट्दैनथ्यो, त्योपनि शक्तिशाली मन्त्रालय । यीमध्ये शैलजाबाहेक सबै पालैपालो, दोहोर्याइ, तेहेर्याइ पनि गृहमन्त्री भए ।
गिरिजाप्रसाद कोइरालाको निर्देशनमा सन्तनेता कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउन पनि जोशी अन्तर्घाती दस्तामा हर्ताकर्ता रहेको रहस्य विगतमा खोलिएको थियो । त्योबेलामा धनराज नेविसंघ नेतृत्वमा थिए । नेताहरूको वरपिरि घुम्ने, ठेक्कापट्टा मिलाउने, सरुवा-बढुवामा दाम कुम्ल्याउने त्यतिखेरका नेविसंघ वा तरुण दलका नेता, कार्यकर्ताको दिनचर्या नै थियो । त्यस्तै प्रस्ताव लिएर गोविन्दराज मन्त्रीसमक्ष धनराज गए । जातिय राजनीति र नेवि सङ्घको नेतृत्वमा भएका कारण धनराजलाई अगाडि बढाएमा गण्डकी प्रदेश मात्र नभई पशिचामाञ्चलको आफ्नो बर्चस्व गुम्ने देखेर जोशीले धनराजलाई ढिप्किन पनि दिएनन् । उता खुमबहादुर खड्काले तनहूँका शङ्कर भण्डारी च्यापेका र गच्छेदारले नपत्याएका कारण धनराजको नाम (धन कमाउने) साकार पार्ने वा अमिर हुने सपना धुमिल भयो, उनी अमिर बन्ने धुनमा मित अमिर गुरुङकोमा पुगे । अमिरले नेताहरूको रातो पासपोर्ट बेचेर मानव तस्करी गर्ने फस्टाएको धन्दामा मितज्यूलाई पनि साझेदार बनाए ।
त्यतिखेर डा. रामशरण महत लगायतका नेताहरूको रातो पासपोर्टमा मानव तस्करी भइरहेको थियो । उनले जति मानिस तस्कारी गर्नसक्यो त्यति निरन्तर कमिसन आइरहने प्रलोभनमा गौप्राणी भनी चिनिने तत्कालीन काँग्रेस सांसद रामचन्द्र अधिकारी (पूर्व स्वास्थ्य राज्यमन्त्री) को रातो पासपोर्ट हात पारी अमिर मितज्य

