बागमतीका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले दिए राजीनामा
काठमाडौं, ६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने समय सकिने लाग्दा उनले आइतबार राजीनामा दिएका हुन् ।
नेकपा माओवादी केन्द्रका जमरकट्टेललाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।