२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ओलीको शपथ आइतबार


498
Shares

काठमाडौं, २९ असार । प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार शपथको साइत जुराएका छन् । उनको नियुक्ति पनि आइतबार नै हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बहुमत प्रस्तुत गरी प्रधानमन्त्रीको दाबी पेश गर्न आव्हान गरेकै दिन शुक्रबार ओलीले काँग्रेस र एमालेका सांसदहरुको हस्ताक्षरसहितको पत्र पेश गरेका हुन् । उनको दाबीसँगै आइतबार नियुक्त गरिने बुझिएको छ ।

ओली तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका हुन् । उनी यसअघि २०७२ सालमा संविधान निर्माणपछि र २०७४ सालमा संसदको निर्वाचनपछि प्रधानमन्त्री भएका थिए ।

२०७९ सालको आमनिर्वाचनपछि ओली दोस्रो प्रधानमन्त्री हुन् । रोचक त यो छ कि २०४७ सालयता कुनैपनि प्रधानमन्त्री पाँच वर्ष कार्यकाल पूरा गर्न सफल भएका छैनन् ।

प्रतिक्रिया