२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

देउवा र ओलीबीच के के कुरा भयो


1.5k
Shares

काठमाडौं, २६ असार । बुधबार साँझ आरजु देउवा रोटरी क्लब अफ कान्तिपुरको कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुने तयारीमा थिइन् । उनी अन्तिम समयमा उक्त कार्यक्रम रद्द गर्न पुगिन् । आयोजकलाई आफू आउन नसकेको सन्देश विश्वासपात्रमार्फत् पठाइन् ।

आरजु पूर्वनिर्धारित कार्यक्रममा जानबाट रोकिनुको कारण थियो बुढानिलकण्ठमा अतिथिका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने खबर । ओली काँग्रेस सभापति शेरबहादुर देउवासँग सरकार निर्माणको भावी रणनीतिबारे छलफल गर्न पुगे ।

देउवा र ओलीबीच दुई घण्टा कुराकानी भयो । कुराकानीमा सरकार निर्माणका लागि संवैधानिक मार्गका अलावा मन्त्रिमण्डल भागवण्डाको विषय पनि थियो । विशेषगरी माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको रणनीतिक चालमा नफस्नेमा दुवै नेताले खुलेर छलफल गरे । विश्वस्त स्रोतका अनुसार प्रचण्डले एमाले र काँग्रेसलाई घुमाउन खोजेकोमा सचेत हुँदै बढ्ने विषयमा छलफल गरे ।

ओली र देउवाले भविष्यमा संविधान संशोधनको उपाय र प्रक्रियाबारे पनि छलफल गरे । चुनावसम्म सरकार सहमतिमा चलाउनेबारे पनि दृढतापूर्वक उभिनेमा सहमति गरे ।-File Photo

प्रतिक्रिया