७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने उद्दोगीको बिजुली काटियो


830
Shares

काठमाडौं, २६ असार । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने उद्दोगहरुको लाइन काट्न थालेको छ । महशुल तिर्ने समयावधि सकिएलगत्तै बिहिबार रातिबाट लाइन काटेको हो ।

बिहिबार रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । तइ उद्दोगहरुमा प्राधिकरणले बिल पठाएको थियो । तर, महशुल नतिरेपछि लाइन काटेको हो ।
रिलायन्सले ७३ करोड, घोराहीले ७० करोड र अर्घाखाँची सिमेन्टले ४४ करोड महशुल तिर्न बाँकी छ ।

६१ उद्दोगले डेडिकेटेड र ट्रंक लाइनको महशुल तिर्न मानेका छैनन् । यसवापत् २० अर्बभन्दा बढी महशुल तिरेका छैनन् । उनीहरुले राजनीतिक नेतृत्वको दबाबमा काटिएको लाइन पुनः जोड्न लगाउने गरेका छन् ।

महशुल नतिर्न ६१ उद्दोगले अनेकन रणनीति बनाउँदै आएका छन् । उनीहरुले राज्यलाई अरबौं नोक्शान पुर्याएपनि राजनीतिक दबाबमा उन्मुक्ति पाउने गरेका छन् ।

प्रतिक्रिया