हारलाई सहज रुपमा स्वीकार्दै ऋषि सुनकले भने: आइ एम सरी
एजेन्सी, २१ असार । ‘म प्रधानमन्त्री र कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिन्छु, म सर्वप्रथम मलाई माफ गरिदिनुहोस् भन्छु,’ बेलायतको संसदको चुनावमा कन्जरभेटिभ पार्टीले हार व्यहोरेपछि ऋषि सुनकले दिएको अभिव्यक्ति हो यो ।
निकै सहज रुपमा हार स्वीकारेका सुनकले बेलायतका जनताले सरकार परिवर्तन चाहेको भन्दै त्यसको स्वागत गरे । उनले राजनीतिक संस्कार देखाएर सहज रुपमा सत्ता हस्तान्तरण गरे विपक्षी नेतालाई ।
कन्जरभेटिभ पार्टी कठिन अवस्थामा हुँदा सुनक नेता बनेका थिए । उनले आर्थिक सुधारका कार्यक्रम ल्याए ।\
बेलायतमा पहिलो गैर इशाई प्रधानमन्त्री बनेर इतिहास रचेका व्यक्तित्व हुन् सुनक । तर, उनले कन्जरभेटिभ पार्टीलाई हारबाट जोगाउन सकेनन् । २०० वर्षको इतिहासमा कन्जरभेटिभले नराम्रो हार व्यहोर्न पुग्यो । उसले १४ वर्षपछि सरकारको नेतृत्व गुमाएको छ ।