२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

काँग्रेस र एमालेसँग संविधान संशोधन गर्ने सिट संख्या पुग्ला ?


2.3k
Shares

काठमाडौं, १८ असार । नेपाली काँग्रेस र नेकपा एमालेबीच ७ बुँदे सहमति भएको छ । सहमति अनुसार सत्ता साझेदारी देखि संविधान संशोधनका विषय पनि छन् ।

काँग्रेस र एमालेले निर्वाचन प्रणालीमा परिवर्तनका लागि संविधान संशोधनको योजना बढाएका हुन् । जस अनुसार समानुपातिक निर्वाचन प्रणालीको सिट संख्या घटाउने या त्यसलाई राष्ट्रिय सभा सदस्यका रुपमा रुपान्तरण गर्ने रहेको छ ।

२७५ प्रतिनिधि सभा सदस्यमध्ये १६५ प्रत्यक्ष निर्वाचनबाट र ११० समानुपातिक प्रणालीबाट निर्वाचित भएर आउँछन् । अब ११० लाई घटाएर ५० या ६० बनाउने र बाँकी संख्यालाई राष्ट्रिय सभा सदस्य बनाउने योजना बनाइएको छ । प्रदेशमा समानुपातिक प्रणाली पूरै हटाउन खोजिएको छ ।

निर्वाचन प्रणालीमा परिवर्तनका लागि दुई तिहाई सांसदको साथ चाहिन्छ । काँग्रेसको ८८ र एमालेको ७८ मिलाएर १६६ पुग्छ । २७५ सांसद संख्यामध्ये यो दुई तिहाई भने होइन । यसका लागि २ सांसद थप आवश्यक पर्छ ।

निर्वाचन प्रणाली परिवर्तनको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहमत हुन सक्छन् । तर, दुवैलाई सहमतिमा ल्याउन सजिलो छैन । सहमति बन्न सक्ने भने छ । यसकारण संविान संशोधनका कतिपय विषय काँग्रेस र एमाले मिलेमा सम्भव देखिन्छ ।

संविधान संशोधन भएर समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कम संख्यामा सांसद निर्वाचित भएर आएमा राजनीतिक अस्थिरता कम हुनसक्छ । साना दलको संख्या घट्न सक्छ ।

प्रतिक्रिया