३ आश्विन २०८१, बिहिबार | September 20, 2024

रन्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेताबाट हटाइयो


1.4k
Shares

काठमाडौं, १७ असार । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाइएको छ । आइतबार साँझ संसदीय दलको सचिवालयको बहुमत सदस्यहरुको बैठकले त्यस्तो निर्णय गरेको जनाइएको छ ।

संसदीय दलले गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता बनाउने निर्णय समेत गरेको जनाइएको छ । लालविर चौधरीलाई प्रमुख सचेत बनाउने निर्णय समेत गरेको छ ।

नगरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी र उनकी पत्नी रन्जिता श्रेष्ठको विवादले पछिल्लो अवस्था ल्याएको छ । पार्टीको अध्यक्षमा रन्जिता नै कायमै छिन् । उनलाई विगतमा पार्टी अध्यक्षबाट हटाउने प्रयास भने विफल भएको छ ।

प्रतिक्रिया