७ आश्विन २०८१, सोमबार | September 24, 2024

जनताका जनजीविकासँग जोडिएका विषयमा गम्भीर हुन युवा नेता गौतमको सुझाव


2.7k
Shares

काठमाडौं,८ असार । नेपाल तरुण दलका केन्द्रीय सदस्य भीमकुमार गौतमले स्थानीय पालिकाहरूलाई स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन हुने खालको बजेट ल्याउन सुझाव दिएका छन् । स्थानीय उत्पादनको बजारीकरण गर्न सके पालिकाभित्रका जनताको जनजीवन सुधार हुने र समृद्धि हासिल गर्न सक्ने उनको भनाइ छ।

ओखलढुंगाका विभिन्न पालिकाका प्रतिनिधिहरूसँगको भेटमा गौतमले भने,“स्थानीय उत्पादनको बजारीकरण हुँदा कृषकले राम्रो आम्दानी गर्छन् । उनीहरूले पालिकालाई कर तिर्छ । पालिकाका विभिन्न सेवा सुविधा उपभोग गर्न सक्ने हैसियत निर्माण हुन्छ । यसले एक पक्षलाईमात्र नभएर सबैलाई फाइँदा पु¥याउँछ ।”

युवा नेता गौतमले स्थानीय पालिकाले ठूला बाटाघाटाको चिन्ता गर्नुभन्दा जनजीविकासँग जोडिएका विषयमा गम्भीर हुन सुझाव दिए । “कृषकका लागि कुलो, आधुनिक प्रकृतिका औजारमा स्थानीय पालिकाले जनतालाई सहुलियत दिनुपर्छ। ठूला योजना त प्रदेश र केन्द्र सरकारले गरिहाल्छन ।”–उनले भने।

त्यसरी उत्पादन भएका बस्तुको बजारीकरणका लागि अन्य पालिका र निकायसँग समन्वय गर्नुपर्नेमा जोड दिंदै उनले भने,“कतिपय कच्चा पदार्थको रूपमा बजारीकरण गर्नुपर्ने र कतिपय तयारी बस्तुको बजारीकरण गर्नुपर्ने हुन्छ। यी सबै क्षेत्रको अध्ययन गरेर पालिकाहरूले रणनीति अवलम्बन गर्नुपर्छ ।” त्यसका अलावा स्थानीय तहमा भएका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न सकेमा पनि राम्रो आम्दानी गर्न सकिने उनले बताए।

 

प्रतिक्रिया