१० कार्तिक २०८१, शनिबार | October 26, 2024

पुटिनको विदेश दौडाहाको रहस्य


249
Shares

एजेन्सी, ६ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कमैमात्र विदेश भ्रमण गर्ने नेतामा पर्छन् । उनले यसपटक भने फरक अभ्यास गरे ।

नयाँ कार्यकाल सुरु भएको तीन महिनाभित्र उनले तीन देशको भ्रमण गरिसके । उनले पहिले चीन, दोस्रोमा उत्तर कोरिया र तेस्रोमा भियतनामको भ्रमण गरे । यी तीनवटै देश कम्युनिस्ट मुलुक हुन् जोसँग रुसको परम्परागत सम्बन्ध छ ।

कोरियामा त रुसले नै कम्युनिस्ट शासन स्थापित गरेको थियो । भियतनाममा पनि त्यही हो । चीनलाई पनि कम्युनिस्ट मुलुक बनाउन रुसले साथ दिएको थियो ।

परम्परागत सम्बन्धलाई रुसले अहिलेको कठिन परिवेशमा अझ प्रगाढ बनाएर लाभ लिन खोजेको छ । यसका लागि पनि पुटिन विदेश दौडाहामा छन् ।

प्रतिक्रिया