५ आश्विन २०८१, शनिबार | September 21, 2024

पैसासहित होनहार युवा पलायन, १ खर्बभन्दा बढी बोकेर विदेशिए विद्यार्थी


498
Shares

काठमाडौं, ३१ जेठ । देश किन बनेन भनेर समिक्षा भइरहँदा वर्षेनी एक खर्बभन्दा बढी रकम लिएर युवा पलायन भइरहेको तथ्य सार्वजनिक भएको छ । विभिन्न देशमा अध्ययनका लागि भन्दै गएका युवाले वर्षेनी एक खर्बभन्दा बढी मुद्रा विदेशमा पुग्न भूमिका खेलिरहेका छन् ।

वर्षेनी विदेशी युवा र विदेशी मुद्रा पलायनको संख्या ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल राष्ट्र बैंकबाट मात्र ९६ अर्ब जति बाहिरिइसकेको छ वैदेशिक अध्ययनमा । यो विगत वर्षको तुलनामा २८ अर्बभन्दा बढी हो ।

नेपालीहरु अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, क्यानडा जस्ता देशमा बढी गइरहेका छन् । उनीहरुले देशको पूँजी पलायन गराइरहेका छन् ।

प्रतिक्रिया