२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मोदी अझै मजबुत, गृहराज्य गुजरातमा भाजपालाई दुई तिहाई


December 9, 2022
0
Shares

एजेन्सी, २३ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अझै मजबुत देखिएका छन् । गृहराज्य गुजरातको चुनावमा सत्तारुढ भारतीय जनता पार्टीले दुई तिहाई सिट जितेसँगै उनी अझै बलियो देखिएका हुन् । मतगणना अनुसार कुल १८२ सिटमा भाजपाले १५६ सिट जितेको छ ।

कँग्रेस आईले गुजरातमा १७ सिट जितेको छ । आम आदमी पार्टीले पनि उपस्थिति देखाएको छ । उसले ५ सिट जित्दा अन्यले ४ सिट जितेका छन् । गुजरातको चुनावलाई मोदीको परीक्षाका रुपमा लिइएको थियो । यसले दुई कार्यकाल पूरा गर्न लागेका मोदीको जादू कायमै रहेको देखिएको छ ।

हिमाञ्चल प्रदेशमा भने भाजपा प्रतिपक्षमा पुगेको छ । त्यहाँ कँग्रेस आईले ४० सिट जितेर स्पष्ट बहुमत ल्याएको छ । भाजपाको २५ र अन्यको ३ सिट छ ।

प्रतिक्रिया